जसले अफ्ना सन्तानको

आङ् नाङ्गै राखी

तिम्रो लुगा सिउँछ,

जसले आफ्नो बुढो

हड्डी खियाई

आरनमा तिम्रा औजार पिट्दछ,

उसैलाइ भन्छौ तिमी

तँ तल्लो जातको अछुत,

तैँले छोएको पानी चल्दैन ।


जसले आफ्ना आफन्तको

मलामी छाडेर

तिम्रो बिहेमा नौमति बजाउँछ,

जसले आफ्नो खुट्टा

खाली राखेर पनि

तिम्रो जुत्ता सिउँछ,

उसैलाई भन्छौ तिमी

तँ तल्लो जातको अछुत,

तँलाई मेरो घरमा अनुमति छैन ।


भन्छौ ईश्वरले नै

हामीलाई ठूलो

र उसलाइ सानो बनाए,

उनलाई ठूलो र सानो

चाहिएको भए

आखिर किन उस्तै बनाए?


कि त यस्ता ईश्वर,

स्ॠस्टिकर्तालाई

अयोग्य तिमी मान ।

यदि उनलाइ महान्

ठान्छौ भने

उनको आशय जान ।


परापूर्वकालदेखि

चलिआएको चलन्

मान्नुपर्छ भन्छौ।

यदि उसको ठाउँमा

तिमी भएको भए

त्यहि कुरा मान्थ्यौ ?


तिमी मान्न सक्दैनौ

किनकि यो प्रचलन्

तिमीले नै बसाएको हो।

मन्दिरमा आफ्नै सन्तानलाई

बन्देज लगाउने भगवान्

तिमिले नै सजाएको हो।


यस्तो तुच्छ सोचलाई

ईश्वरको बाणी

ठान्छौ भने अझै पनि,

जाऊ पशुलाई छुटाऊ

अनि घाँटिमा

दाम्लो बाँधेर बस तिमी ।